सिभिल बैंक र विवेक अटोमोवाईल्सबीच सम्झौता
- चैत्र ३, २०७६
- 0
सिभिल बैंक लिमिटेड र विवेक अटोमोवाईल्सबीच व्यबसायिक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा विवेक अटोमोवाईल्स्का तर्फबाट अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापत्र अनुसार विवेक अटोमोवाईल्स्बाट पियाजियो ब्राण्डका तीन पाङ्ग्रे सवारी खरिद गर्न महिला ग्राहकहरूलाई विवेक अटोमोवाईल्स्को सिफारिसमा सिभिल बैंक लिमिटेडले ७० प्रतिशतसम्म ४ वर्षे कर्जा सुबिधा प्रदान गर्नेछ ।
सो कर्जा नेपाल राष्ट्र बैंकद्वारा जारी ६ प्रतिशत व्याज अनुदान कार्यक्रम अन्तर्गत महिलाहरूद्वारा संचालित व्यवसायिक फर्महरूलाई प्रदान गरिनेछ ।
सो अनुदानपछि वार्षिक व्याजदर ६.९८ प्रतिशतमा कर्जा सुबिधा प्रदान गरिनेछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










