जन्मदिनमा चन्द्रागिरि केवलकारले निःशुल्क टिकट दिदै
- माघ २१, २०७६
- 0
ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरिमा जानको लागि चन्द्रागिरि केवलकारले अब जन्मदिन पारेर आउने कोहीपनी पर्यटकलाई निःशुल्क केवलकारको टिकट दिने भएको छ ।
भ्रमण वर्षको अवसर पारेर आन्तरिक तथा बाह्य पर्यटकलाई प्रर्वद्धन गर्ने हेतुले जन्मदिनको अवसरमा निःशुल्क केवलकार सेवा प्रदान गर्न लागेको कम्पनीले जनाएको छ ।
जन्मदिनको अवसरमा चन्द्रागिरि भ्रमणमा प्रोत्साहन गर्ने र जन्मदिनलाई विशेष बनाउने उद्देश्यले सो योजना ल्याइएको चन्द्रागिरि केवलकारले जनाएको छ । चन्द्रागिरिमा भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार अवलोकन गर्न पाइन्छ ।
योजना अन्र्तगतको सेवा लिन पर्यटकले जन्मदिन खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनु पर्ने कम्पनीले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










