सुनको मूल्यले राख्यो अहिलेसम्मकै नयाँ रेकर्ड, तोलाको ७६ हजार पुग्यो
- पुस २१, २०७६
- 0
नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै नयाँ रेकर्ड कायम गरेको छ । सोमबार अहिलेसम्मकै महँगो मुल्यमा कारोवार भएको सुनले प्रतितोला ७६ हजारको कीर्तिमानी मूल्य कायम गरेको हो ।
आइतबार तोलाको ७५ हजार ५०० मा कारोवार भएको सुनको मूल्य सोमबार ५ सय बढेर ७६ हजार कायम भएको हो । यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ५ सय बढेर ७५ हजार ७०० मा कारोबार भएको छ ।
यस्तै सोमबार चाँदीको पनि तोलामा २० रुपैयाँ बढेर ९२० रुपैयाँमा कारोबार भएको छ । पछिल्लो समय सुनको मूल्यमा भारी वृद्धी भइरहेको । विश्वबजारको प्रभावका कारण नेपाली बजारमा सुनको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










