हिमालयन बैंकको काउन्टर शहिद गंगालाल हृदय रोग केन्द्रमा
- पुस १४, २०७६
- 0
हिमालयन बैंक लिमिटेडले काठमाडौ बाँसबारीस्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा आफ्नो विस्तारित काउन्टर सुविधा सुरु गरेको छ ।
उक्त काउन्टरको सुरुआत बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा र गंगालाल हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले एक समारोहकाबीच संयुक्त रुपमा गरे ।
समारोहमा महाराजगंज शाखाका प्रमुख अभयबहादुर शाह, बैंक तथा अस्पातालका कार्मचारीहरुको उपस्थिति थियो ।
सो काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरुमा बिहान १०ः०० बजेदेखि अपरान्ह ३ बजेसम्म नगद तथा चेकबाट कारोबार गर्न सकिनेछ। साथै उक्त काउन्टरबाट कुनै पनि व्यक्तिले हिमालयन बैंकमा विभिन्न बैंकिङ कारोबारहरु गर्न सक्ने बैकले बताएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










