रिया मनि युकेबाट नेपाल पैसा पठाउने शेरचनले जिते आइएमईको पुरस्कार
- रोजगारमञ्च
- कार्तिक २७, २०७६
- 0
आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत सातौँ हप्ताको विजेता यूकेबाट पैसा पठाउने इन्द्रराज शेरचन भएका छन् । शेरचन सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत विजेता घोषित बनेका हुन् ।
उनले युकेबाट अफर अवधिमा आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाउँदा विजेता बनेका हुन् । उनले युकेस्थित रिया मनि ट्रान्स्सफर रु ५० हजार १ सय ३७ नेपालमा पैसा पठाउँदा त्यसको दुई गुणा हुन आउने रकम रु १ लाख २ सय ७४ जितेका छन् ।
पुरस्कार राशी शेरचनको सिफारिसमा उनको आफन्त चेलीमाया गौचनले ग्रहण गरिसकेको आइएमईले जनाएको छ ।
आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । उक्त अफर २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्त ७७ दिनसम्म कायम रहने आइएमईले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










