सिभिल बैंकको थप तीन नयाँ शाखा संचालनमा
- मंसिर ११, २०७६
- 0
सिभिल बैंकले आफ्नौ नवौं वार्षिकोत्सवको अवसरमा तीनवटा शाखाको उद्धघाटन गरेको छ।
बैंकले निजगढ शाखा, चन्द्रनिगाहपुर शाखा र दमौली शाखाको उद्धघाटन गरेको हो ।
दमौली शाखाको उद्घाटन बैंकका अध्यक्ष इच्छाराज तामाङ्गले गरे।
निजगढ शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य शम्भुप्रसाद पन्त तथा प्रमुख अतिथि निजगढ नगरपालिकाका मेयर सुरेश खनालले संयुक्त रुपमा गरे।
त्यसैगरी, चन्द्रनिगाहपुर शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गाना तथा प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले संयुक्त रुपमा गरे।
नयाँ शाखाको संचालनसँगै बैंकले सामाजिक सेवा पनि गरेको छ। सिभिल बैंकको मुख्य शाखामा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।
हालसम्म यो बैंकको शाखा संख्या १०१ र एटिएम संख्या ७६ पुगेको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










