ग्लोबल आइएमई बैँकद्वारा विद्यालयलाई कम्प्यूटर र प्रिन्टर सहयोग
- मंसिर ६, २०७६
- 0
ग्लोबल आइएमई बैंक लिमिटेडले तनहूँ जिल्लाको व्यास नगरपालिका १२, बेल्थोकस्थित कुर्लुङ्ग प्राथमिक विद्यालयलाई २ वटा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ ।
बिहिबार आयोजित एक कार्यक्रमबीच बैँकका बजार तथा व्यवसाय प्रवद्र्धन विभागका इन्चार्ज बसन्त राज रेग्मीले कुर्लुङ्ग प्राथमिक विद्यालयका प्रधानाध्यापक पदमबहादुर पन्थलाई २ वटा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेका छन् ।
ग्लोबल आइएमई बैँकले स्थापनाकाल देखिनै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै यस्ता सामाजिक कार्यहरु गर्दै आएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










