दशैंमा नयाँ नोटको हिफाजतका लागि नेपाल राष्ट्र बैंकको आग्रह

news-details

नेपाल राष्ट्र बैंकले यो बर्ष दशैमा झण्डै १३ अर्ब रुपैयाँको नयाँ नोट सर्वसाधारणलाई वितरण गर्ने जनाएको छ ।राष्ट्र बैंकले १७ गतेसम्म सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा दिएको छ । यसैबिच नेपाल राष्ट्र बैंकले सफा नोट नीति लागु गरेको छ। त्यसैले राष्ट्र बैंकले नयाँ नोटको हिफाजतका लागि समेत आग्रह गरेको छ । सामान्यतया कागजी नोटको आयु ४र५ बर्षको हुने तर दशैंका बेला बजारमा पठाइएका नोट एक बर्षमै पुराना हुने गरेको पाइएको छ, ठूला नोटको तुलनामा साना नोट छिटो काम नलाग्ने अवस्थामा पुग्ने हुनाले सर्वसाधारणलाई दशैंमा वितरण गरेका नयाँ नोट जतन गरेर चलाउन आग्रह गरीएको छ ।

यस वर्ष राष्ट्र बैंकले दशै तिहारलाई लक्षित गर्दै ५, १०, २०, ५० र १०० दरका झण्डै १३ अर्बको नयाँ नोट वितरण गर्ने मुद्रा ब्यवस्थापन विभागका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया