नेपाल बङ्गलादेश बैंकको ९५ औं शाखा ललितपूरको खोकनामा
- भदौ २६, २०७६
- 0
नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो शाखा बिस्तारको क्रममा ९५औं शाखा ललितपूर जिल्लाको खोकनामा संचालनमा ल्याएको छ । भाद्र २६ गते ललितपूरको खोकनामा शाखा उद्घाटन गरी बैंकले औपचारिक कारोबार शुभारम्भ गरेको छ ।
उक्त शाखाको औपचारिक समुद्घाटन प्रतिनिधीसभा सदस्य पम्फा भुसालले गर्नुभएको थियो । सो अबसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा जानकारी दिनुभएको थियो ।
बैँकले यस आसपासका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको हो । साथै यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।
खोकना शाखा बिस्तारसगै बैंकले ९५ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ७९ वटा एटिएमबाट बैंकिङ्ग सेबा दिने बताइएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










