कुमारी बैंकका ५ नयाँ शाखा संचालनमा
- असार ३०, २०७६
- 0
कुमारी बैंकले काठमाडौं बाहिर पाँच नयाँ शाखाहरुको ई–उद्घाटन गरेको छ ।
बैंकका संचालक समितिका अध्यक्ष अमिरप्रताप जब राणाले बैंकका संचालक समिति, प्रमुख कार्यकारी अधिकृत लगायतका कर्मचारीको उपस्थितिमा, मोबाईल–प्रविधिमार्फत ई–उद्घाटन गरेका हुन् ।
बैंकले महोत्तरीको बर्दिबास, सर्लाहीको बरथहवा, बर्दियाको ठाकुरबाबा, कपिलवस्तुको जितपुर र पोखराको लेकसाईड गरेर आफ्ना ५ नयाँ शाखाहरु विस्तार गरेको हो ।
उक्त शाखाहरुको भौतिक उद्घाटन सम्बन्धित ठाँउबाट भए पनि मोबाईल प्रविधिबाट विद्युतीय उद्घाटन बैंकको केन्द्रीय कार्यलयबाटै सम्पन्न भएको हो । प्रविधिको प्रयोगबाट सम्पन्न समारोह नेपाली बैंकिङ्ग क्षेत्रमै नवीन शैलीमा गरिएको उद्घाटन भएको बैंकको भनाइ छ।
विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले, आफ्ना देशभरका ९८ शाखा संजाल, ८४ एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ्ग ईकाईहरुमार्फत बैंकिङ कारोबार गर्दैआएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










