प्रभु बैंकले ५ देशमा सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न पायो अनुमति
- असार १३, २०७६
- 0
प्रभु बैंकले विभिन्न ५ मुलुकमा आफ्नो सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको छ।
बैंकले अष्ट्रेलियाको, सिड्नी, भारतको दिल्ली, मलेसियाको क्वालालाम्पुर, कतारको दोहा र बेलायतको, एल्डरसट शहरसँग सहमति गरेको हो ।
बैंकका अनुसार ६ महिनाभित्र सम्बन्धित देशका नियामकीय निकायबाट उल्लेखित स्थानहरुमा बैंकको सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न स्वीकृति प्राप्त गरेर बैंकले आफ्नो सेवा प्रारम्भ गर्नेछ।
यसमा लागि राष्ट्र बैंकबाट फेरि अन्तिम स्वीकृति लिनुपर्ने छ । बैंकका देसभरि १८६ शाखा, १३९ एटिएम तथा २३ एक्सटेन्सन काउण्टर छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










