सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता
- जेष्ठ ९, २०७६
- 0
सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स सेवा सुरु भएको छ । सम्झौता पश्चात् सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट आउने सम्पूर्ण विदेशी तथा स्वदेशी रेमिट्यान्स राष्ट्रिय बाणिज्य बैंकको सम्पूर्ण शाखाबाट सहज रुपले ग्राहकहरुले प्राप्त गर्न सक्नेछन ।
यस सम्झौतामार्फत सम्पूर्ण देश तथा विदेशमा रहेका ग्राहकवर्गहरुले सहज र सुलभ तरिकाले रेमिट्यान्स कारोबार गर्न सकिने बिश्वास लिइएको सिटी एक्सप्रेसले जनाएको छ ।
एक कार्यक्रमकाबीच राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट कोष (ट्र्ेजरी)प्रमुख सरस्वती अधिकारी र सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डनले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।
सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १२ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरुबाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










