कुमारी बैंकद्धारा विपन्न वर्गका विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण
- जेष्ठ २, २०७६
- 0
कुमारी बैंक लिमिटेडले काठमाडौ महानगरपालिका–१ कमलपोखरीस्थित कमल आधारभूत विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत विपन्न वर्गका विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गरेको छ । विगत वर्षको सहयोगलाई निरन्तरता दिदैं बालबालिकाहरुलाई गुणस्तरीय आधारभूत शिक्षामा टेवा पु¥याउने उद्देश्यका साथ बैंकले उक्त पाठयपुस्तक वितरण कार्यक्रम सम्पन्न गरेको हो ।
गुणस्तरीय शिक्षामा टेवा पु¥याएर बौद्धिक विकासको उज्यालोतर्फ लैजाने उद्देश्यले गरिएको उक्त कार्यक्रममा बैकका नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले विद्यालयका प्रधानाध्यापक मानबहादुर खडकालाई पाठयपुस्तक हस्तान्तरण गरेका हुन ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










