जापानबाट पैसा पठाउँदा ५ लाखको जीवन बीमा
- फाल्गुन २६, २०७५
- 0
सस्तो, सुलभ र विश्वसनीय रेमिट्यान्स सेवाको लागि परिचित रेमिट्यान्स कम्पनी क्योदाइ रेमिट्यान्स आइएमईले ‘तपाईंको कमाइ अनि परिवारको सुरक्षा सँगसँगै’भन्ने प्रतिवद्धताका साथ आफ्ना सेवाग्राहीका लागि दुर्घटना जीवन बीमा योजना ल्याएको छ ।
योजनाअन्तर्गत सेवाग्राहीले जापानबाट क्योदाइ रेमिट्यान्समार्फत परिवारका सदस्य वा अन्य व्यक्तिलाई पैसा पठाउँदा नेपालमा भुक्तानी पाउने व्यक्तिले भुक्तानी पाएको दिनदेखि रु पाँच लाखको १ बर्षे दुर्घटना जीवन बीमा हुनेछ ।
क्योदाइ रेमिट्यान्स् आइएमईले आफ्ना सेवाग्राहीले गर्ने प्रत्येक कारोबारमा बोनस पोइन्ट दिने गरेको छ । यो दुर्घटना जीवन बीमा योजना ४० वा सो भन्दा बढी बोनस पोइन्ट हुने सेवाग्राहीमा लागू हुनेछ ।
सोही आधार बमोजिम जनवरी महिनामा जापानबाट नेपालमा पठाएको पैसाको भुक्तानी लिनेमध्येबाट २ हजार १ सय ३७ जनाको प्रतिव्यक्तिको रु. पाँच लाखको १ बर्षे दुर्घटना जीवन बीमा गरिएको कम्पनीले जनाएकोे छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










