सिभिल बैंकद्वारा बाल विकास समाजलाई एक लाख प्रदान
- फाल्गुन ७, २०७५
- 0
सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बाल विकास समाजलाई रु एक लाखको चेक हस्तान्तरण गरेको छ ।
सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बाल विकास समाजका कोषाध्यक्ष सुरेन्द्र ढकाललाई एक लाखको चेक हस्तान्तरण गरेका हुन् ।
देशको भविष्य युवा पुस्ताको हातमा रहेको कुरा मनन् गर्दै बाल विकास समाजलाई यो सहयोग गरिएको बैंकका चिफ बिजिनेस अफिसर शाक्यले बताए ।
सिभिल बैंकले आफ्नो स्थापनाकालदेखि नै बालबालिकाको क्षेत्रमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम गर्दै आएको छ ।
यस अन्तरगत पाँचखालमा संचालित ‘समाज कल्याण बाल गृहका तीन अनाथ बालकहरूको कक्षा १० सम्मको सम्पूर्ण खर्च बैंकले विगत ८ वर्ष देखि ब्योहोर्दै आइरहेको छ ।
बाल विकास समाजसँग पनि बैंकले विगत ३ वर्षदेखि निरन्तर रुपमा सहयोग उपलब्ध गराउँदै आइरहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










