सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब युकेबाट पनि सुरु
- फाल्गुन ७, २०७५
- 0
सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब युकेबाट पनि सुरु भएको छ । यो सेवा सुरु भएलगै युकेबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ७००० भन्दा बढि एजेन्टहरुमार्फत सिधैं भुक्तानी लिन सकिने या कुनै पनि बंैकको खातामा रकम जम्मा गर्न सकिने भएको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफर युकेबाट भालापे मोबाईल एप् र ईन्टरनेट बैंकिङ्मार्फत पनि सहज तरिकाले कारोबार गर्न सकिने कम्पनीले जनाएको छ ।
उक्त सम्झौतामा सिटी एक्सप्रेसकोतर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिटी एक्सप्रेस मनी ट्रान्सफर युकेको तर्फबाट प्रबन्ध निर्देशक करम बहादुर गुरुङ्गले हस्ताक्षर गरेका हुन ।
सिटी एक्सप्रेस नेपालले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १२ वर्षदेखि विश्वका विभिन्न मुलुकबाट नेपालीको कमाई सुरक्षित ढंगमा स्वदेश भित्र्याउदै आफ्नो ७००० भन्दा बढी नेपालको एजेन्ट्हरुमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










