मेगा बैंक र सन नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
- माघ १६, २०७५
- 0
मेगा बैंक नेपाल लिमिटेड र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।
मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कायममुकाम प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि मेगा बैंकबाटै सन नेपाल लाइफमा जीवन बीमा गर्न ग्राहकहरुलाई सुविधा हुने मेगा बैंकको विश्वास छ ।
ग्राहकहरुले मेगा बैंकका देशभरका १ सय २ शाखाबाट जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










