टिच फर नेपाललाई सिद्धार्थ बैंकको सहयोग
- कार्तिक १४, २०७५
- 0
सिद्धार्थ बैंकले टिच फर नेपाललाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले ग्रामीण जिल्लाका सार्वजनिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न टिच फर नेपाललाई रकम उपलब्ध गराएको हो ।
रकमबाट ग्रामीण जिल्लाका सार्वजनिक विद्यालयमा अध्ययनरत बालबालिकालाई २ वर्षसम्म स्वयंसेवी शिक्षकबाट गणित, विज्ञान र अंग्रेजी विषय प्रशिक्षण गराइने बैंकले जनाएको छ । बैंकका निर्देशक विरेन्द्रकुमार शाहले टिच फर नेपाललाई पाँचलाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
बैंकका देशभर १२६ शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १३१ एटिएम र १,००० भन्दा बढी पीओएस छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










