सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर बैंक बिद्युतिय भुक्तानी सम्झौता
- भदौ ८, २०७५
- 0
सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर बैंक बिद्युतिय भुक्तानी सेवा सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउसले सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई अन्तर बैक भुक्तानी प्रणाली सेवा प्रदान गर्ने भएको छ ।
जस अनुसार अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट भुक्तानी हुने रेमिट्यान्स कारोबारहरु सेवाग्राहीको बैंक खातामा सिधै जम्मा हुने छ । यस अनुरुप अब बैंक भुक्तानी कार्यहरु धेरै सहज र सरल हुने बिश्वास गरिएको सिटी एक्सप्रेसले जनाएको छ ।
उक्त सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र सिटि एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरेका हुन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










