डिसहोमको फ्री अफर, रिचार्ज गरे जडान सित्तैमा
- भदौ ३, २०७५
- 0
काठमाडौं । स्याटलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक डिसहोमले उपभोक्तामाझ डिस होम फ्री अफर नामक नयाँ योजना ल्याएको छ ।
यस योजना अनुसार ग्राहकले डिसहोम रिचार्ज गर्दा जडान उपकरण सित्तैमा गर्न सक्नेछन् । यही भदौ १ देखि सुरु भएको योजना सीमित अवधिका लागि मात्र लागू गरिएको डिस होमले जनाएको छ ।
सरकारले लागू गरेको अनिवार्य डिजिटलाइजेसनको नीति नेपालभर लागु भइसकेको अवस्थामा ग्राहकहरुलाई सजिलै गुणस्तरीय डिसहोमको सेवा प्रदान गर्न यो योजना लागू गरिएको विज्ञप्तिमा जनाइएको छ ।
जडान उपकरण निशुल्क पाउने भएपछि ग्राहक संख्या बढ्ने डिसहोमको अनुमान छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










