बुद्धले ल्याए ‘सुस्तरी माया गाढा भो’
- कार्तिक २५, २०८२
- 0
काठमाडौं । भर्सटायल गायक तथा संगीतकार बुद्ध मोक्तानको ‘सुस्तरी माया गाढा भो’ गीत सांगीतिक बजारमा सार्वजनिक भएको छ ।
अभावै अभावले जेलिएको आम सामान्य मानिसको कथा पारिवारिक रुपमा प्रस्तुत गरिएको उक्त गीतमा मिलन विछोडको कारुनिकता देखाइएको छ । गायक मोक्तानकै शब्द तथा संगीतमा तयार भएको गीतमा बुद्ध मोक्तान र कोपिला वाईबा तामाङको स्वर रहेको छ । शंकरा डिजिटलमा रेकर्ड गरिएको गीतको संगीत संयोजन विष्णु तामाङले गरेका हुन् ।
गीतलाई म्यूजिक भिडियोले थप उत्कृष्ट बनाएको छ । समिर थोकरको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा लाक्पा दोर्जे तामाङ र आयुष्मा कार्कीले जीवन्त अभिनय गरेका छन् । शुशिल डाँगीको छांयांकन तथा संजय लामाको श्रृंगार रहेको यो गीतको दृश्य सम्पादन विरबहादुर थारुले गरेका हुन् । उक्त गीत बुद्ध मोक्तान अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् म्युजिक भिडियोः
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










