हरि कटुवालको शब्द र समिक्षा अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक (भिडियोसहीत)
- माघ ११, २०८१
- 0
गीतकार हरि कटुवालको शब्द तथा गायीका समिक्षा अधिकारीको सुमधुर स्वरमा ‘नयाँ बाटो रोज्दै छु’ बोलको गीत सार्वजनिक भएको छ ।
वरिष्ठ संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा एरेन्ज सन्जिव बराईलीले गरेका छन् भने मिक्स मास्टरिङ किसोर थापाले गरेका छन् ।
चर्चित मोडल गीता ढुंगाना र पर्वत गदाईलीको अभिनय रहेको भिडियोमा युवा युवतीबिचको सफल हुन नसकेको प्रेम र पिडाका बावजुद पनि आफूलाई बलियो बनाएर अघि बढ्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको छ ।
निर्देशक देवराज आचार्यको निर्देशन तथा सिनेमोटोग्राफिमा निर्माण भएको भिडियो सम्पादन र कलर पदम सुवेदीले गरेका छन् भने पोस्टर डिजाइनिङ सन्तोस चौहानले गरेका छन् ।
गीत हाइलाइट्स नेपाल यूट्युव च्यानलबाट सार्वजनिक भएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










