तामाङ संस्कृतिमा आधारित चलचित्र ‘म्हारमेन’को काठमाडौंमा विशेष प्रदर्शन हुदै
- अशोज ८, २०८१
- 0
तामाङ संस्कृतिमा आधारित चलचत्रि ‘म्हारमेन’को काठमाडौंमा विशेष प्रदर्शन हुने भएको छ ।
मम इन्टरनेशनल नेपालको ब्यानरमा निर्मित यो चलचित्र यही असोज १९ गते जमलस्थित राष्ट्रिय नाचघरमा विशेष प्रदर्शन गरिने चलचित्र निर्माणपक्षले जानकारी गराएको हो ।
मोडल तथा अभिनेत्री रञ्जिता ब्लोन लामाको निर्माण रहेको यस चलचित्रको निर्देशन अजय स्याङतानले गरेका हुन् । चलचित्रमा अमिर दोङ, रञ्जिता ब्लोन लामा, सुश्मा मोक्तान लगायतका कलाकारको मुख्य अभिनय रहेको छ । रञ्जिताले दर्जनौँ चलचित्रमा अभिनय गरिसकेकी छन् । यो उनको पछिल्लो चलचित्र हो ।
‘मिस तामाङ’लगायतका इभेन्टहरु समेत गर्दै तामाङ समुदायका लागि योगदान गर्दै आएकी निर्मात्री रञ्जिताका अनुसार चलचित्र ‘म्हारमेन’मा तामाङ समुदायको मौलिक कला, संस्कार र संस्कृतिलाई उजागर गरिएको छ । यस चलचित्रले तामाङ संस्कृति, भेषभुषा तथा भाषा प्रवद्र्धनमा सहयोग पुग्ने निर्माण पक्षको विश्वास रहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










