भिरु लामाको शब्द तथा यम बरालको स्वरमा सजिएको ‘धन हुनेको मनै छैन’ बोलको गीत चर्चामा
- असार १४, २०८१
- 0
काठमाडौं / गीतकार तथा समाजसेवी धर्मभिरु लामाको शब्द तथा यम बरालको आवाजमा ‘धन हुनेको मनै छैन’ बोलको गीत सार्बजनिक भएको छ ।
चर्चित संगितकार सागर गौतमको संगीत तथा सन्दीप कार्कीको एरेन्जमा सजिएको गीतको मिक्सिङ मास्टरिङ भने रुबिन जोएले गरेका छन् ।
त्यस्तै गीतको भिडियो निर्देशन लामो समयदेखि अनुभव बटुलेका सफल निर्देशक विनयराज पौडेलले गरेका छन् । भिडियोमा धर्मभिरु लामा, उमा राई र पर्वत गदाईलीको अभिनय देख्न सकिन्छ ।
काठमाडौं र भक्तपुरका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको भिडियोको छायांकन भने अनुभवी छायाँकार शिव ढकालले गरेका छन् । त्यस्तै भिडियो सम्पादन तथा कलर सौखिन तिमल्सिनाले गरेका छन् ।
कबिर लामाको निर्माण तथा प्रोड्युसर नेपालका अध्यक्ष करण सिंहको प्रडक्सनमा निर्माण गरिएको भिडियो ‘भिरु प्रडक्सन हाउस’ युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










