भिरु लामाको शब्दमा ‘यो जिन्दगी’ बोलको गीत सार्वजनिक
- जेष्ठ ११, २०८१
- 0
काठमाडौं । गीतकार तथा समाजसेवी धर्मभिरु लामाको शब्दमा ‘यो जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ ।
चर्चित गायक राजेशपायल राई र भ्वाइस अफ नेपाल सिजन ५ बाट आफ्नो छुट्टै पहिचान बनाउन सफल गायीका स्मिता प्रधानको सुमधुर स्वरमा सजिएको गीतको मिक्सिङ मास्टरिङ रुबिन जोएले गरेका छन् । गीतमा देव गुरुङको संगीत रहेको छ भने चन्दु गोर्खालीको एरेन्ज रहेको छ ।
त्यस्तै गीतको भिडियो निर्देशन लामो समयदेखि अनुभव बटुलेका सफल निर्देशक विनयराज पौडेलले गरेका छन् । भिडियोको मुख्य भुमिकामा पर्वत गदाईली, स्वयं स्मिता प्रधान र धर्मभिरु लामाको अभिनय देख्न सकिन्छ ।
ललितपुरको विभिन्न रमणिय स्थानहरुमा छायाँकन गरिएको भिडियोको छायाँकन भने राजु लामाले गरेका छन् । त्यस्तै भिडियो सम्पादन तथा कलर सौखिन तिमल्सिनाले गरेका छन् ।
कबिर लामाको निर्माण तथा प्रोड्युसर नेपालका अध्यक्ष करण सिंहको प्रडक्सनमा निर्माण गरिएको भिडियो ‘भिरु प्रडक्सन हाउस’ युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










