रहेनन् भजन शिरोमणि भक्तराज आचार्य
- फाल्गुन १४, २०८०
- 0
सुर सम्राट तथा वरिष्ठ गायक भक्तराज आचार्यको आज सोमबार निधन भएको छ । आज अपरान्ह उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै उनको निधन भएको थियो ।
आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि भोलि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने भएको छ ।
भक्तराज पिता बलभद्र र मात रेनुकाको कोखबाट सन् १९४२ मा जन्मिएका थिए ।
भजनशिरोमणिको उपाधि पाएका आचार्य सन् १९७३ देखि ८६ सम्म संगीत साधनामा सक्रिय थिए। भक्तराज सूर सम्राट मानिन्छन् ।
उनका दुइ सुुपुत्र सत्यराज र स्वरुपराज पनि संगीत साधनामा पिताजीकै पथमा सत्रिय रहेका छन् ।
मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुध्दका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बनि, हजार आँखा हेर्ने, कोही नगरोस् प्रेम, एकदिन जस्ता अमर गीतहरु जनमनमा भिजेका छन्।
त्यसैगरी लोकप्रिय भजनहरुमा एक दिन मैले प्रभूसँग, राम यहीँ छन्, भगवान जीवन नाउ, दुर्गे देउ भक्ति मलाई, तन मन वचनले हुन्।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










