गायक रोविन तामाङलाई राष्ट्रिय झण्डा ओडाएर गरियो अन्तिम श्रद्धाञ्जली

news-details

दिवंगत गायक तथा अभिनेता रविन तामाङप्रति मन्त्री, नेता, शुभेच्छुक र कलाकर्मीले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

नेपाल संगीत तथा नाट्य एकेडेमीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको उनको पार्थिव शरीरमासंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरे । सो अवसरमा सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा तथा कांग्रेस महामन्त्री गगन थापालेसमेत तामाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

गायक तामाङको शवलाई श्रद्धाञ्जली अर्पण गर्न आइतबार बिहान संगीत तथा नाट्य एकेडेमीको प्रांगणमा राखिएको थियो ।

बिहानैदेखि उनलाई श्रद्धाञ्जली अर्पण गर्न एकेडेमी परिसरमा कलाकार र फ्यानहरूको बाक्लो उपस्थिति छ।

उनको शव ११ बजेसम्म राखिने छ।

त्यसपछि अन्तिम संस्कारको लागि बिजेश्वरीस्थित शोभा भगवतीमा लग्ने कार्यक्रम छ।

रोविनको गत मंगलबार निधन भएको थियो। उनी बूढानीलकण्ठस्थित निवासमा मृत भेटिएका छन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया