‘एनआरएन द सिङ्गर’ प्रतियोगिताका लागि अडिसन पठाउन आग्रह

news-details

गैरआवासीय नेपाली संघले आयोजना गरेको ‘एनआरएन द सिङ्गर’ प्रतियोगिताका लागि आफ्नो सांगीतिक प्रस्तुति जति सक्दो चांडो रेकर्ड गरेर पठाउन आयोजकले आग्रह गरेका छन्।

एनआरएनए आइसीसी अन्तर्गत संस्कृति तथा सम्पदा उप-समितिले डायस्पोराका नेपालीभाषी अग्रज र अनुजका स्वर प्रतिभाहरूको पहिचान गर्ने उद्देश्यले टेलिभिजन रियालिटी शो ‘एनआरएन द सिङ्गर’ सुरू गरेको हो।

मूल आयोजक समिति एवं संस्कृति तथा सम्पदा उप-समितिका संयोजक गोविन्द प्रसाद गौतमले इच्छुक सहभागीहरूलाई तत्काल www.nrnthesinger.com मा १२ सेप्टेम्बर भित्र अडिसन पठाउनका लागि आग्रह गरे।

कोरोना महामारीका कारण भर्चुअल अडिसन पठाउन आग्रह गरिएको आयोजकले जनाएका छन् ।

सार्क सदस्य मुलुकहरु बाहेक विश्वभर छरिएका रहेका १५ वर्ष उमेर पुगेका गैरआवासीय नेपाली लगायत सबै नेपाली भाषीले यो प्रतियोगितामा भाग लिन पाउनेछन्।

प्रिअडिसनपछि नेपाली टेलिभीजनबाट पनि यो कार्यक्रम प्रसारण हुनेछ। प्रतियोगिताका केही इपिसोडहरू नेपालमा पनि आयोजना हुने आयोजकले जनाएका छन् ।

प्रतियोगितामा भाग लिने सहभागीका लागि नियमहरू यसप्रकार छन् :

– गीत नेपाली भाषामा हुनुपर्नेछ।

– गीतका प्रकारहरू स् लोक, आधुनिक, झ्याउरे, सोरठी, देउडा, मारुनी, काठे भाका, असारे, रोधी, फिल्मी गीत, देशभक्ति वा पप गीत गाउनुपर्नेछ ।

– प्रतियोगीले www.nrnthesinger.com मा गएर आवेदन दर्ता फाराम अनिवार्य भर्नुपर्नेछ।

– गैरआवासीय नेपालीहरू NRN विधान अनुसार विदेशी मूलका नेपालीहरू र नेपाली भाषीहरूले भाग लिन पाउनेछन्।

– घर विदामा नेपाल बसेका गैरआवासीय प्रतिभाहरूको हकमा उनीहरूको सम्बन्धित देशको परिचयपत्र  प्रमाणित भए मात्रै भाग लिन पाउनेछन्।

– १५ वर्षभन्दा माथि उमेर भएकाहरूले मात्रै प्रतियोगितामा भाग लिन पाउनेछन्।

– गीतको भिडियो (portrait/vertical) नभइ तेर्सो (landscape/Horizontal) हुनुपर्नेछ।

– भिडियो गुणस्तर न्यूनतम HD अथवा 1080p मात्रै पठाउनुपर्नेछ।

– पहिलो गायन परीक्षण (pre-Audition) बिना बाजा, बाजा वा दुबै प्रयोग गर्न सकिनेछ।

– गायन परीक्षणको (pre-Audition) का लागि एक स्थायी र एक अन्तरा अनिवार्य गाउनुपर्नेछ।

– भिडियोमा ब्याकग्राउन्ड साउन्ड हुनुहुँदैन।

– भिडियो डे लाइटमा खिच्नुपर्नेछ

भिडियो फाइल .m4v, . mp4, .mov .mk4, .avi, .wmv फर्म्याटमा हुनु पर्ने छ।

‘खोजी : एउटा उत्कृष्ट प्रवासी नेपालीको आवाज’ नारा दिइएको यो प्रतियोगिताको निर्णायक मन्डलमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहेका छन्।

पुरस्कारको व्यवस्था :

प्रथम पुरस्कार : १५ लाख रुपैयाँ

द्वीतीय पुरस्कार : ७ लाख रुपैयाँ

तृतीय पुरस्कार : ४ लाख रुपैयाँ

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया