इन्डियन आइडलको उपाधि पवनदीपले जिते
- साउन ३२, २०७८
- 0
एजेन्सी / १२ औँ संस्करणको इन्डियन आइडलको उपाधि पवनदीप राजनले जितेका छन्।
भारतको ७५औं स्वतन्त्रता दिवसको अवसर पारेर भएको फाइनलमा राजनले उपाधि जितेका हुन्।
उनले फाइनल पुगेका पाँच जनालाई पछि पार्दै उपाधि उचालेका हुन्।
फाइनलमा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेलाई पछि पार्दै उनले अवार्ड जितेका हुन्।
हिमाञ्चलका २५ वर्षीय राजन गायनका साथसाथै वाद्यवाधन मा पनि उत्तिकै पोख्त छन्। विजेता बनेका पवनदीपले २५ लाख नगद र कार उपहार पाउनेछन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










