नायिका जेनी कुँवरले गरिन आत्महत्या, शवसँगै भेटियो ‘सुसाइड नोट’
- असार २४, २०७८
- 0
नायिका तथा निर्माता जेनी कुँवरले आत्महत्या गरेकि छिन ।
काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा उनी झुन्डिएको अवस्थामा मृत फेला परेको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिम बहादुर लामाले बताए । शवसँगै सुसाईड नोट पनि भेटिएको छ । नोटमा उनले आफु ‘डिप्रेशनको शिकार’ भएको लेखेकी छिन् ।
कुँवरले ‘घायल’ र ‘हलचाल’ नामक चलचित्र निर्माण गरेकी थिइन् भने ‘मैदान’, ‘बज्रपात’ लगायत आधा दर्जन चलचित्र तथा टेलिसिरियलमा पनि अभिनय गरेकी थिइन् । पछिल्लो समय आध्यात्म लागेको बताउने उनलाई पशुपति क्षेत्रमा भेट्न सकिन्थ्यो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










