गीतकार चेतन कार्कीको निधन
- जेष्ठ २, २०७८
- 0
कवि, गीतकार, उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्कीको निधन भएको छ । ८४ वर्षीय कार्कीको छाउनीस्थित सैनिक अस्पतालमा आइतबार बिहान निधन भएको हो ।
गत आइतबार अस्पताल भर्ना गरिएका उनी १६ गते देहरादूनबाट काठमाडौं आएका थिए । काठमाडौं आएपछि ज्वरो देखिएको कारण उनलाई अस्पताल भर्ना गरिएको थियो । कार्कीका दुई छोरा र श्रीमती छन् । कार्की पछिल्लो समय जावलाखेल स्थित निवासमा बस्दै आएका छन् ।
चलचित्र लेखन तथा निर्देशन समेत रहेका कार्कीको जन्म विसं १९९५ कात्तिक २२ गते स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा भएको थियो ।
थुप्रै गीत समेत लेखेका कार्कीको ‘तीजको लहर आयो बरिलै’, ‘बुझ्नै सकिनौँ तिमीले मेरो आँखाको भाका’ लगायतका दर्जनौँ गीत लोकप्रिय छन् । ‘आत्मा बेचेको छैन’, ‘ढलेको गिलास’ र ‘हनिमुन’ (उपन्यास), ‘बसिबियाँलो’ ९कथासंग्रह०, ‘माया पिरतीको कथा’लगायत थुप्रै कृति प्रकाशित छन् ।
कार्कीले विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ लगायतका फिल्मको निर्देशन गरेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










