बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन
- बैशाख २३, २०७८
- 0
बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । सास फेर्न गाह्रो हुने र छातीमा अन्य समस्या देखिएपछि उपचारका लागि गायक प्रधानलाई अस्पताल पु¥याइएको थियो ।
पारिवारिक श्रोतका अनुसार गायक प्रधानको विहीबार (आज) १ः४५ बजे न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । कोरोना रिपोर्टसमेत नेगेटिभ आएको पारिवारिक श्रोतले जनाएको छ ।
वि.सं. १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा जन्मिएका गायक प्रधानको ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फुलहरू’लगायतका चर्चित गीतहरु रहेका छन् ।
एकताका गायक प्रधानलाई निक्कै चर्चित र स्टाइलिस गायकका रुपमा समेत परिचित थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










