मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना
- बैशाख २३, २०७८
- 0
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा समस्या भएपछि पुनः अस्पताल भर्ना गरिएको छ ।
उहाँको अक्सिजनका मात्रा कम भएकाले अस्पताल भर्ना गरिएको हो । यही वैशाख ६ गते श्रेष्ठको परिवारका पाँच जनालाई कोरोना संक्रमण पुष्टी भएको थियो ।
संक्रमणपछि घरमा नै आइसोलेसनमा बसिरहनु भएका श्रेष्ठलाई स्वास्थ्यमा जटिलता आएपछि वैशाख १० गते अस्पतालमा भर्ना गरिएको थियो ।
८ दिनको अस्पताल बसाइपछि स्वास्थ्यमा सुधार आएर उहाँ वैशाख १७ गते घर फर्कनु भएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










