गणेश गिरीको निर्देशन तथा रचना र निरायुको स्वरमा रहेको ‘तिमीलाई देखेपछि’ गीत सार्वजनिक (भिडियोसहित)
- पुस १५, २०७७
- 0
रचना रिमाल र निरायु गौतमको स्वर रहेको ‘तिमीलाई देखेपछि’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
ओएसआर डिजिटलको युटयुव च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा निरायु गौतमको शब्द र ओम सुनारको संगीत रहेको छ ।
चर्चित कलाकार तथा चलचित्र निर्माता समेत रहेका गणेश गिरीको निर्देशनमा तयार भएको गीतको भिडियोमा स्वय गिरीका अलवा निरायु गौतम, जाबे रिया केसी, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे र निसु आइडुको अभिनय देख्न सकिन्छ । भिडियोमा सौरभ लामाको छायांकन र गौतम राज खड्काको सम्पादन रहेको छ ।
यस अघि चलचित्र पञ्चायत र कोपिला निर्माण गरेका गणेशले बर्बाद, आगो २, पंचायत र कोपिला, म यस्तो गीत गाउछु २ लगायतका चलचित्रमा अभिनय गरेका छन् । गिरीले यसै भिडियोमार्फत म्युजिक भिडियो निर्देशकमा हात हालेका हुन् ।
हेर्नुहोस गीतको म्यूजिक भिडियो
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










