भारतिय अभिनेता सञ्जय दत्तलाई लाग्यो क्यान्सर
- साउन २८, २०७७
- 0
बलिउड अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । भारतिय मिडियाको अनुसार उनलाई तेस्रो चरणको क्यान्सर लागेको छ । उनी उपचारको लागि अमेरिका उडदैछन् ।
केहि दिन अगाडी श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । सञ्जयले एक टुविटमा लेखेका छन्, ‘मेरो साथी, चिकित्सा उपचारको लागि म केहि दिन आफ्नो कामबाट ब्रेक लिदैछु । मेरो परिवार र साथी मेरो साथमा छन् । मेरो शुभचिन्तकलाई चिन्ता नगर्न आग्रह गर्दछु । तपाईहरुको माया र शुभकामनाले छिट्टै फर्किन्छु, अनावश्यक अनुमा नलगाउनु होला ।’
श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ती भएका सञ्जयको कोभिड–१९ परीक्षण गरिएको थियो । तर उनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










