गायक प्रेमराजा महत र उनकी श्रीमतीमा कोरोना संक्रमण
- साउन २४, २०७७
- 0
गायक प्रेमराजा महत र उनकी श्रीमती कविता महत कोरोना संक्रमणमा परेका छन् । महत परिवार अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा व्यवसाय गर्दै र बस्दै आएको छ ।
आफूलाई कोरोना संक्रमण भएको गायक महतले सामाजिक सञ्जालमार्फत जनाएका छन् । महतले लेखेका छन्, ‘ध्यान राख्दा-राख्दै दुर्भाग्यवश हाम्रो श्रीमान-श्रीमती पनि यसबाट जोगिन सकेनौ । हामी अहिले आफ्नै घरको एक एक कोठामा आइसोलेसनमा छोरा डा सरगम महतको निरीक्षण र निगरानीमा बसेका छौं ।’
अमेरिकाका लागि नेपाली महावाणिज्यदूतसमेत रहेका तनहुँका गायक महत मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा सन् १९९०को दशकदेखि व्यवसाय गर्दै र बस्दै आएका छन्। उनले नेपाल हाउस नामक रेष्टुराँ चलाएका छन् भने सामाजिक रूपमा पनि निकै सक्रिय छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










