बैवाहिक सम्वन्धमा बाधिए चर्चित संगीतकार अर्जुन र गायिका दुर्गा
- असार १९, २०७७
- 0
पछिल्लो पुस्ताका सफल संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल बैवाहिक सम्वन्धमा बाँधिएका छन् । काठमाडौंको बुढानिलकण्ठ मन्दिरमा शुक्रबार विहान सीमित पारिवारिक सदस्यकाबीच उनीहरुको बैवाहिक कार्यक्रम सम्पन्न भएको हो ।
विगत लामो समयदेखि अनुराग संगीत विद्यालयमा एक साथ काम गर्दै आएका यी दुबैले लामो समयको प्रेमलाई बैवाहिक जीवनमा परिणत गरेका हुन् । पोखरेलको संगित र खरेलको स्वर रहेका धेरै गित नेपाली संगितको क्षेत्रमा चर्चित बनेका छन ।
यसअघि बैशाखमा बिवाह गर्ने तयारी भएपनि कोरोना महामारीका कारण हुन नसकेपछि अहिले सीमित पारिवारिक सदस्यहरुको सहभागितामा वैवाहिक कार्यक्रम सम्पन्न गरेको पारिवारिक स्रोतले जानकारी दियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










