सन्देशमूलक लघुचलचित्र ‘प्रतिफल’ सार्वजनिक
- भदौ १८, २०७६
- 0
राघव आचार्यको कथा तथा निर्देशक रहेको सन्देशमूलक छोटो चलचित्र ‘प्रतिफल’, रिमा इन्टरटेनमेन्ट नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । उक्त लघुचलचित्रमा मोबाईल प्रयोग गरी मोटरसाइकल चलाउदा बालकको मृत्यु भएको घटनालाई आधार मानेर निर्माण गरिएको छ ।
बिगत लामो समय देखी नेपाली गीत संगीतको क्षेत्रमा काम गर्दै आएका राघव आचार्यले ३ दर्जन भन्दा बढी म्युजिक भिडियोमा निर्देशन गरिसके पछि आचार्य केहि बर्ष अघि मुम्बईमा अभिनय कोर्ष सम्पन्न गरी केहि हिन्दी सिरीयलमा समेत काम गरेर नेपाल फर्किए लगतै समाजमा दिनहु भईरहेको घटनालाई आधारित बनाएर एउटा पृथक कथा बस्तुलाई समेटेर जनचेतनाको ‘प्रतिफल’ को निर्देशन गरेका छन् ।
कथा परिकल्पना स्यंम् आचार्य आफैले गरेका हुन भने छायांकन तथा सम्पादन मिराज अर्यालको रहेको छ । जसमा राघव आचार्य, मिराज अर्याल र सन्देश रायमाझीले अभिनय गरेका छन ।
https://www.youtube.com/watch?v=IwZ3uNWAjbI
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










