चलचित्र कलाकार संघको अध्यक्षमा खड्का विजयी
- जेष्ठ २६, २०७६
- 0
चलचित्र कलाकार संघको अध्यक्ष पदमा रविन्द्र खड्का विजयी भएका छन् । उनले अध्यक्ष पदकी उम्मेदवार सरिता लामिछानेलाई ५७ मत अन्तरले हराएका थिए । कुल खसेको ३८७ मत मध्ये रविन्द्रले २१८ मत ल्याएका थिए भने सरिताको नाममा १६१ मत खसेको थियो ।
यस्तै, उपाध्यक्ष पदमा रेजिना उप्रेती र सानु कुमार ताम्राकार, महासचिव पदमा चेतबहादुर सिंह, सचिव पदमा पनाहा अधिकारी, सह–कोषाध्यक्ष पदमा पवित्रा आचार्य विजयी भइन् ।
त्यस्तै १० जना निर्वाचित सदस्यतर्फ शितल केसी, जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भए ।
नवनिर्वाचित अध्यक्ष रविन्द्र खड्काले आफूले गरेका प्रतिवद्धताहरु पुरा गर्ने बताए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










