चर्चित संगीतकार बिजु बज्रको निधन
- बैशाख १५, २०७६
- 0
चर्चित संगीतकार बिजु बज्रको निधन भएको छ । उपचारका क्रममा उनको आइतबार सिभिस हस्पिटलमा निधन भएको हो ।
मै ठुली भैछु रे आइदेऊ घुम्टी ओढाइदेऊ, तिमी मभन्दा कोसौँ टाढा छौ, कुन रंगको कमी थियो, झरी परिरह्यो मनमा थामिदैन आँसु, बिस्तारै छायो आँखामा अँध्यारो लगायत गीतका संगीतकार बज्रको आइतबार दिउँसो निधन भएको आफन्तले जनाएका छन् ।
२०२८ सालमा गुल्मीको वामी टक्सारमा जन्मेका संगीतकार बज्रले २०४९ सालमा रेडियो नेपालको स्वर परीक्षा पास गरी नेपाली संगीत क्षेत्रमा लागेका थिए ।
करिब १४/१५ सय भन्दा बढी गीतमा संगीत भरेका बज्रका श्रीमती, २ छोरा र १ छोरी छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










