लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन
- पुस १३, २०७५
- 0
चर्चित लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । बिरामी भएर घरमै थला परेका लामिछानेको शुक्रबार दिउँसो १२ बजे आफ्नै निवासमा ६३ वर्षको उमेरमा निधन भएको हो ।
भक्तपुरको चाँगुनारायण नगपालिका–७, आफ्नै निवासमा लामोसमयदेखि पक्षघातलगायत विभिन्न रोगले थलिएका लामिछानेको निधन भएको छोरी परिवारले जनाएको छ ।
‘घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर’‘, ‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’‘, ‘फाटेको दौरा लाएर, खोले सिस्नु खाएर‘’जस्ता जीवन्त गीतका गायक लामिछानेको पछिल्लो समय निमोनियाको समेत उपचार भैरहेको थियो ।
लामिछानेको पार्थिव शरीरलाई दाह संस्कारका लागि घाटतर्फ लैजाने तयारी छ । लामिछानेका श्रीमती, दुई छोरा र तीन छोरी छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










