चलचित्र प्राविधिक संघमा पुनः पुष्कर लामाको नेतृत्व
- पुस १२, २०७५
- 0
चलचित्र प्राविधिक संघको अध्यक्ष पदमा पुनः पुष्कर लामा विजयी भएका छन् । बुधबार सम्पन्न संघको साधारण सभाबाट उनी अध्यक्ष पदमा निर्विरोध विजयी भएका हुन् । उनले यसअघि ३ बर्षे कार्यकाल सम्पन्न गरिसकेका थिए । उनको प्रत्याशीको रुपमा अरु प्राविधिकले उम्मेदवारी नदिएपछि उनी निर्विरोध भएका हुन् ।
कोषाध्यक्ष पदमा पनि सुष्मा पौडेल निर्विरोध विजयी भएकी छिन् । यस्तै उपाध्यक्ष पदमा भने विनोद लामा र अर्जुन प्रसाद पोखरेल विजयी भएका छन् । यस्तै, संघको महासचिव पदमा शालिगराम दुलाल, सचिव पदमा दिव्यराज सुवेदी विजयी भएका छन् ।
संघको सदस्य पदमा रामेश्वर कार्की, पिताम्बर पाण्डे, शोभा श्रेष्ठ, नवराज उप्रेती, देवराज गुरुङ, कृष्णबहादुर थापा, साहिल खान, दुर्गा प्रसाद पौडेल, सरोज वुढाथोकी, कमलप्रसाद मिश्र र माधव प्रसाद थपलिया विजयी भएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










