गीतकार हरि कटुवालको ‘तिमि हासेको पल’
- अशोज ५, २०७५
- 0
गीतकार हरि कटुवालको नयाँ गीत ‘तिमि हासेको पल’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा रियल जोडीको रुपमा चर्चामा रहेको पल शाह र आचल शर्माको अभिनय देख्न सकिन्छ ।
‘तिमि हासेको पल’मा गायक प्रमोद खरेल र गायिका रजीना रिमालको आवाज सुन्न सकिन्छ । रोमान्टिक अनि प्रेमिल भावहरुले भरिपूर्ण गीतलाई कमल अधिकारीले संगीत दिएका हुन् ।
गीतको भिडियोलाई गायक तथा निर्देशक साशन कंडेलले निर्देशन गरेका हुन् । माया पिरतीका कुरा अनि प्रेममा हुदाको अवस्था, एक अर्काको खुसिमा खुसि हुने र दुखमा दुखि हुने पललाइ निकै आकर्षण तरिकाले यस भिडियोमा निर्देशक कंडेलले उतारेका छ्न ।
गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन भने श्रीजल बरालको कोरियोग्राफी, निशान घिमिरेको सम्पादन रहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










