सञ्चारकर्मी क्षेत्रीको ‘यो तन यो मन’ गीतको भिडियो सार्वजनिक
- भदौ १२, २०७५
- 0
काठमाडौं– सञ्चारकर्मी डब्बु क्षेत्रीको शब्दमा तयार भएको गीति संग्रह ‘गुलाबी स्वरहरु’मा संग्रहित गीत ‘यो तन यो मन’को भिडियो सार्वजनिक भएको छ ।
आफ्नो जन्मदिनको अवसर पारेर क्षेत्रीले सोमबार उक्त भिडियो सार्वजनिक गरेका हुन् । सन्तोष श्रेष्ठको संगीत तथा रेश्मा पुन मगरको स्वर रहेको सार्वजनिक गीतमा जुगल डंगोलको संगीत संयोजन रहेको छ ।
भिडियोमा कमला हाङ्खिम राई र पूर्णसुब्बा योङहाङको अभिनय रहेको छ । सुजन न्यौपानेको छायांकन रहेको भिडियोलाई गीतकार क्षेत्री आँफैले निर्देशन गरेका छन् ।
भिडियो हेर्नुहोस
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










