‘बाँध मायाले’को शीर्ष गीत रिलिज (भिडियोसहित)
- साउन ३१, २०७५
- 0
फिल्म ‘बाँध मायाले’को शीर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर सुन्न सकिन्छ । कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्मका मुख्य दुई कलाकार आर्यन अधिकारी र सृष्टि श्रेष्ठ फिचरिङ छन् ।
निकै सुन्दर लोकेशनमा छायांकन गरिएको भिडियोमा आर्यन र सृष्टिको केमेष्ट्री मिलेको देखिन्छ । जहाँ उनीहरु निकै रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् ।
असोज ५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मलाई सविर श्रेष्ठले निर्देशन गरेका छन् । फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको पनि मुख्य भूमिका रहेको छ भने यसै फिल्मबाट किशोर खड्काले पनि नायकका रूपमा डेब्यु गर्दैछन् । रामहरि धिताल र विभिसिका श्रेष्ठको संयुक्त निर्माण रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् ।
हेर्नुहोस भिडियो
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










