नेपाल आइडलको दोस्रो सिजन आज बिहिबारबाट सुरू
- साउन २४, २०७५
- 0
पहिलो सिजनले धमाका मच्चाएको चर्चित टेलिभिजन रियालटी शो नेपाल आइडलको दोस्रो सिजन आज देखि सुरु हुँदैछ । शो एपिवान टेलिभिजन मार्फत आजबाट हरेक हप्ताको बिहिबार र शुक्रबार राती ८:३० प्रसारण हुनेछ ।
यो सिजनको निर्णायकमा पनि अघिल्लो सिजनकै निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी रहेका छन् । प्रस्तोतामा रीमा विश्वकर्मासंगै नयाँ अनुहार आसिफ शाहलार्इ देख्न सकिने छ ।
‘मन जित्छ उसले, सुमधुर गाउँछ जसले’ भन्ने नारा रहेको प्रतियोगीतामा शिर्ष बिजेताले २० लाख नगद, एउटा कार, एल्बम सम्झौता र वल्ड टुर प्याकेज पाउनेछन् ।
पहिलो संस्करणमा पोखराका बुद्ध लामा पहिलो नेपाल आइडल बनेका थिए भने निशान भट्टराई र प्रताप दास क्रमश दोश्रो र तेश्रो बन्न सफल भएका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










