‘छक्का पञ्जा–३’ को पहिलो गीत ‘पहिलो नम्बरमा’ सार्वजनिक
- साउन १४, २०७५
- 0
चलचित्र ‘छक्का पञ्जा–३’ को पहिलो गीत सार्वजनिक गरिएको छ । हाइलाइटस नेपालको युट्युब च्यानलमार्फत पहिलो गीत ‘पहिलो नम्बरमा’ सार्वजनिक गरिएको हो ।
राजेन्द्र थापाको गीतमा संगीत दीपक शर्माले दिएका छन् । गीतमा डेविड शंकर र बिन्दु परियारको स्वर छ । कविराज गहतराजले कोरियोग्राफ गरेका छन् । गीतमा दीपकराज गिरी, दीपिका प्रसाईं, जितु नेपाल , केदार घिमिरे, संजोग कोइराला, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, बुद्धि तामाङसहित निर्देशक दीपाश्री निरौला पनि देखिएकी छिन् ।
दसैंमा रिलिज हुने चलचित्रको प्रचारप्रसारको सरुआत गर्दै पहिलो गीत सार्वजनिक गरिएको हो । चलचित्रमा शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, बसन्त भट्ट लगायतको अभिनय छ । चलचित्रकी निर्देशक दीपाश्री हुन् भने यसमा कार्यकारी निर्माताको रुपमा जितु नेपाल र केदार घिमिरे छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










