सञ्चारकर्मी दिपक समीर म्युजिक भिडियो निर्देशनमा
यस्तो छ उनको पहिलो म्युजिक भिडियो
- साउन १०, २०७५
- 0
काठमाडौँ । सञ्चारकर्मी दिपक समीरले निर्देशन गरेको पहिलो म्युजिक भिडियो सार्वजनिक गरिएको छ । चर्चित गायक राजेशपायल राईको ‘वैगुनी रै छौ मायालुु’ बोलको गीतको भिडियो म्युजिक नेपाल मार्फत सार्वजनिक गरिएको हो ।
भरत बंजमको शब्द, बसन्त मुकारुङको संगीत रहेको भिडियोमा श्रीदेव भट्टराई, पुरुषोतम सानु र वर्षा चौलागाईको अभिनय छ । श्रोताले अत्याधिक मन पराएको उक्त गीतलाई सुजन शाहीले सम्पादन गरेका छन् भने दीपक सोनले पर्दामा उतारेका छन् ।
लामो समयदेखि सञ्चार जगतमा क्रियाशील समीर रेडियो, टेलिभिजनमा स्रोता र दर्शकले रुचाएका सञ्चारकर्मी हुन् । पहिलो म्युजिक भिडियो निर्देशनबाट उत्साहित देखिएका उनले आगामी दिनमा यसले अझ निरन्तर लाग्नलाई प्रेरणा मिलेको बताए ।
हेर्नुहोस भिडियो
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










