बाढी-पहिरो प्रभावितलाई जनप्रगतिशील मञ्च माल्टाको १ लाख सहयोग
- अशोज २५, २०८१
- 0
हालैको बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको सहयोगार्थ नेपाली जनप्रगतिशील मञ्च माल्टाले १ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
उक्त सहयोग रकम नेकपा माओवादी केन्द्र निकट प्रवास कमिटी जनप्रगतिशिल मञ्च नेपाललाई प्रदान गरिएको जनप्रगतिशील मञ्च माल्टाका अध्यक्ष कान्छाराम बुढाथोकी (विनय)ले जानकारी दिएका छन ।
बाढी-पहिरो प्रभावितलाई सहयोगका लागि प्रत्यक्ष-अप्रत्यक्ष रूपमा साथ दिने सबैलाई धन्यवाद दिदै अध्यक्ष बुढाथोकीले मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, सरकारसँग राहत, पुनर्स्थापना र उपचारको उचित व्यवस्थाको मागसमेत गरेका छन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










