सुडानमा अलपत्र १९ नेपालीको उद्धार
- बैशाख २०, २०८०
- 0
सुडानमा अलपत्र नेपाली रहेका मध्ये १९ जनाको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरूलाई नेपाल फिर्ता ल्याइँदै छ।
पोर्ट सुडान पुगेका १९ जना नेपाली साउदी अरेबिया सरकारको सहयोगमा ३० अप्रिलमा जेद्दा शहर आइपुगेका छन्। इजिप्टको कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा ३१ जना नेपाली सम्पर्कमा आएका थिए।
जेद्दा आइपुगेका १९ जनामध्ये ६ जनाले रोजगारदाता कम्पनीको प्रबन्धमा दुबईमा काम गर्ने भएका छन्। १३ जनामध्ये ८ जना आजै एअर अरबियाको उडानबाट काठमाडौँ आइपुग्ने र बाँकी ५ जना भोलि जजिरा एअरवेजको उडानबाट नेपाल आउने तयारी भइरहेको छ।
नेपाली राजदूतावास, कायरोको सम्पर्कमा रहेका बाँकी ११ जनामध्ये ६ जनालाई सुडानबाट जेद्दा ल्याउने प्रयास भइरहेको छ। बाँकी ३ जना पोर्ट सुडानको होटलमा रहेका र अरू २ जनालाई रोजगारदाता कम्पनीले इजिप्टको सीमास्थित सुरक्षित स्थानमा राखेको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










